आईपीएल : उपाधिका लागि चेन्नई र कोलकाता भिड्दै

लोकपथ
650
Shares

काठमाडौं । युएईमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा अहिले चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स भिड्दै छन् ।

चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीचको फाइनल खेल ७:४५ बजे सुरु भएको हो ।

चेन्नई र कोलकाता आज उपाधि चुम्ने योजनासहित मैदान उत्रने छन् । त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई चौंथो पटक आईपीएलको उपाधि जित्ने योजनामा हुनेछ । उत्कृष्ट प्रदर्शन गरिरहेको चेन्नई पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराएर फाइनल पुगेको हो ।

इयान मोर्गनको कप्तानीमा रहेको कोलकाता भने तेस्रो पटक आईपीएलको उपाधि जित्ने लक्ष्यमा रहेको छ ।

पछिल्लो पाँच भेटमा चेन्नईले ४ जित निकाल्दा एक मात्र जित कोलकाताले निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?