कोरोना अपडेट : थप २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि

लोकपथ
286
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ७ सय १२ परीक्षणमा थप २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ सय ७७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

हाल देशभर सकृय संक्रमितको संख्या १३ हजार ३ सय ८ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?