प्रदेश प्रमुख अमिक शेरचनको शुभकामना सन्देश

लोकपथ
0
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विविध जाति, भाषा, संस्कृति र भेष भूषालाई एकीकृत गरी अघि बढेमा मात्र समृद्ध नेपाल र प्रदेशको परिकल्पना पूरा हुनसक्ने बताएका छन् ।

उनले नेपालको संविधानले समेत यही भावना र मर्मलाई स्वीकार गर्नाका साथै सबै समुदायको संरक्षण र सम्वर्धनका लागि अधिकार प्रदान गरेको उल्लेख गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले बडादसैँ, नेपाल संवत्, दीपावली, छठलगायत पर्वका अवसरमा जारी गरेको शुभकामना सन्देशमा सहअस्तित्व, सहकार्य र भाइचारा सद्भाव हामी सबैको साझा विश्वास रहिआएको र यो रहिरहने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?