तपाईमा पनि यस्तै समस्या देखा परेको छ ? सावधान ! चिकित्सकलाई भेटिहाल्नुस्

लोकपथ
130
Shares

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनका अनुसार “स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मुक्त हुनु मात्र नभई सम्पूर्ण शारीरिक, मानसिक तथा सामाजिक अवस्था तन्दुरुस्त हुनु पनि हो ।”
भनिन्छ स्वास्थ्य हाम्रो जीवनको धन हो । हामी स्वस्थ्य भएमा मात्र हामीले जीवन सुन्दर ढंगले अगाडी बढाउन सक्छौं । स्वस्थ रहनका लागि खानपान सहि, सन्तुलित र स्वस्थ्य खानपान गर्नुपर्छ ।
आजकाल हाम्रो खानपान नमिल्दा धेरै मानिस विभिन्न मानिसहरु रोगको शिकार बनेका छन् । भनिन्छ, खान नपाएर जति मानिस मर्छन्, उत्तिनै खान नजानेर । अस्वस्थ्यकर खानपान रोग र मृत्युको कारण हो ।
आजभोली मानिसहरु यति व्यस्त हुन्छन् कि जसले आफ्नो स्वास्थ्यको बारेमा ख्याल गर्नै भ्याउदैनन् । जसले गर्दा कोहि न कोहि, केहि न केहि रोगको शिकार भएका छन् । व्यस्तताले गर्दा आफ़्मो शरीरमा आएको देखा परेका विभिन्न रोगका संकेतहरुसम्म थाहा पाउदैननन् र त्यसलाई व्यवास्ता गरिरहेका हुन्छन् । जसले गर्दा मानिसहरु ठुलै रोगबाट ग्रसित हुन्छन् । त्यसैले आफ्नो स्वास्थ्यबारे नियमित जानकार रहनु निकै महत्वपूर्ण हुन्छ ।

यी हुन् नराम्रो स्वास्थ्यको संकेत

१. भोक नलाग्नु; लागे पनि खान मन नलाग्नु । सधैं भोक लागिरहनु । मसलेदार खाना खाने इच्छा हुनु ।
२. प्यास नलाग्नु वा प्यास लाग्दा अन्य पेय पदार्थहरू पिउने मन हुनु ।
३. दिसा पातलो, गह्नाउने, कडा वा गिर्खा परेको हुनु र पेट राम्ररी सफा नहुनु ।
४. पिसाब पोल्ने, बाक्लो, धमिलो हुनु वा गह्नाउनु ।
५. पसिना दुर्गन्धित हुनु; अत्यधिक आउनु वा नआउनु ।
६. निद्रा नलाग्नु वा सधैं सुत्न मन लाग्नु ।
७. श्वास–प्रश्वास अस्वाभाविक र असजिलो हुनु ।
८. मन निरास हुनु ।
९. अनुहार फुस्रो र अँध्यारो हुनु ।
१०. आँखा कमजोर हुनु, आँखाको वरिपरि कालो पर्नु ।
११. छाला रुखो वा सुख्खा हुनु ।
१२. शरीर तथा मांसपेसीहरू कडा हुनु ।
१३. अल्छी हुनु वा जोस जाँगर हराउनु; थोरै काम गर्दा पनि थाक्नु ।
१४. ढाड कुप्रो परेको वा मेरुदण्ड बांगो हुनु ।
१५. पेट छातीभन्दा बाहिर आउनु; काँधहरू एउटै तहमा नहुनु; सुत्दा मुख खुल्ला हुनु; घाँटी, गर्धन, र टाउकोको पछाडिको भाग अस्वाभाविक देखिनु ।
१६. नाभीको धड्कन आफ्नो ठाउँबाट हट्नु ।
१७. खाना खाएपछि पेट भारी वा ढाडिएको अनुभव हुनु ।
१८. नकारात्मक तथा विध्वंसात्मक सोच हुनु; अत्यधिक रिसाउने बानी हुनु; एकाग्रताको कमी हुनु ।
१९. कपाल झर्नु, रूखो तथा सुख्खा हुनु र चाँया पर्नु ।
२०.अनुहारमा कालोपोतो वा चाँया पर्नु; अनुहार सुन्निनु; डन्डीफोर आउनु, आदि ।
माथिका यी समस्याहरु देखा परेमा तपाइको स्वास्थ्य ठिक छैन भनेर बुझ्नुपर्छ । यस्ता सानोतिनो समस्याहरुलाई वेवास्ता गर्दा तपाइको स्वास्थ्यमा ठुलो असर पनि पुग्न सक्छ । त्यसले बेलैमा स्वास्थ्य परिक्षण गरि चिकित्सकको सल्लाह बमोजिम औषधोपचार गर्नुपर्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?