दम्पतीबीचको उमेर कति वर्षले अन्तर हुनुपर्छ ? जान्नुहोस्

लोकपथ
507
Shares

काठमाडौं । नेपाली समाजमा श्रीमान् भन्दा श्रीमतीको उमेर कम हुनुपर्छ भन्ने धारणा राख्ने गरेको पाइन्छ । सायद पितृसतात्मक सोंच-चिन्तनले पनि यसमा काम गरेको हुनुपर्छ ।

युवतीहरु पनि आफुभन्दा बढी उमेरका पुरुषसँग दाम्पत्य जीवन विताउने अभिलाषा प्रकट गर्छन् । उनीहरु प्रेम गर्दा होस् वा विवाह गर्दा, आफुभन्दा बढी उमेरका पुरुषसँग गर्न चाहन्छन् । गरिरहेका हुन्छन् पनि ।

किनभने अक्सर युवतीहरु पुरुषबाट सुरक्षा खोज्छन् । उनीहरु आफ्नो जीवनसाथी आफूभन्दा परिपक्क होस् भन्ने चाहन्छन् । त्यसैले उनीहरु आफुभन्दा बढी उमेरका पुरुषसँग सम्बन्ध गाँस्न रुचाउँछन् ।

सायदै होलान्, श्रीमान् र श्रीमतीको उमेर बराबर भएको । धेरैजसो श्रीमतीको भन्दा श्रीमानकै उमेर बढी हुन्छ । तर, कति बढी ? यसको पनि कुनै सीमा छैन । कोही श्रीमान्-श्रीमती १ बर्षका जेठो-कान्छो हुनसक्छन् । कतिमा भने १० वा ११ बर्षको उमेर अन्तर हुनेगर्छ । यस किसिमको उमेर अन्तरले दाम्पत्य सुखमा केही असर गर्छ ?

किनभने विवाह एक यस्तो सम्बन्ध हो, जसमा श्रीमान् र श्रीमतीबीच खास तालमेल हुन जरुरी छ । नभए त प्रेमले जोडिएको यो सम्बन्धमा खटपट आउन सक्छ ।

जर्जिया एटलान्टाको एमोरी युनिभर्सिटीको अध्ययनकर्ताले यसै सम्बन्धमा एक अध्ययन गरेको थियो । त्यसमा तीन हजार दम्पतीले भाग लिएका थिए । उक्त अध्ययनको ध्येय थियो कि, के कारण दाम्पत्य जीवन लामो समयसम्म सुमधुर रहनछ । अध्ययनका क्रममा उमेर, जाति, पढाई, रोजगार, धर्म, आय, परिवारमा सदस्य संख्याको जानकारी लिइयो । यस किसिमको डाटाबाट अध्ययनलाई भरपर्दो बनाउनका लागि रिलेशनसिप र प्रेमको दृष्टिबाट निष्कर्ष निकाल्न सहज भयो । यो अध्ययन केवल यही कुरा पत्ता लगाउनका लािग गरिएको थियो कि के वास्तवमा सफल र लामो सम्बन्धका लागि पार्टनरबीचको एज ग्यापले कुनै अर्थ राख्छ ?

स्टडीलाई तीन हिस्सामा बिभाजन

यस स्टडीमा हासिल गरिएको जानकारीलाई तीन हिस्सामा विभाजन गरिएको थियो । पहिले, ति दम्पती जसको उमेर अन्तर एक बर्षभन्दा कम छ । यसरी उमेर अन्तर धेरै नहुनेको दाम्पत्य जीवन सुखमय हुन्छ । उनीहरुमा सम्बन्ध विच्छेद गर्ने संभावना अत्यन्तै कम हुन्छ ।

यसैगरी जुन दम्पतीको उमेर अन्तर पाँच बर्षको छ, उनीहरुको ब्रेकअप हुने संभावना १८ प्रतिशत रहन्छ । त्यसैगरी जुन दम्पतीको उमेर अन्तर १२ बर्षभन्दा बढी छ, उनीहरुको सम्बन्ध विच्छेद हुने संभावना अधिक रहन्छ ।

यसको निष्कर्ष के भने, दम्पतीबीच जति धेरै उमेर अन्तर हुन्छ उत्तिनै उनीहरुको सम्बन्धमा खटपट आउने र सम्बन्ध विच्छेद हुने संभावना बढ्छ । यसर्थ दाम्पत्य सुखका लागि श्रीमान् र श्रीमतीको उमेर अन्तर पनि कम हुनुपर्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?