रोनाल्डोको अर्को कीर्तिमानी

लोकपथ
2.1k
Shares

काठमाडौं । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमान बनाएका छन् । रोनाल्डोले १० अन्तराष्ट्रिय ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् ।

विश्वकप छनोट अन्तर्गत मंगलबार राति लक्जमवर्गविरुद्ध ह्याट्रिक पूरा गर्दै रोनाल्डोले कीर्तिमान बनाएका हुन् ।

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल लक्जमवर्गलाई ५-० गोल अन्तरले पराजित गरेको थियो ।

यस अघि कुनैपनि खेलाडीले १० अन्तराष्ट्रिय ह्याट्रिक गरेका छैनन् ।

रोनाल्डोको यो करियरको ५८ औं ह्याट्रिक समेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?