‘चाडपर्वले सबै नेपालीका बीचमा आपसी सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्नेछ’

RSS
273
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दशैँका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले आज शुभकामना सन्देश जारी गर्दै विभिन्न जाति समुदायको एकताले राष्ट्रको विकास र जनताको समृद्धिको चाहना पूरा हुने विश्वास व्यक्त गरे । सन्देशमा उनले भनेका छन्, “हाम्रो मुलुकमा प्रचलित विविधता तथा मौलिक संस्कृति र परम्पराले विश्व मानचित्रमा नेपालको गौरव बढाएको छ ।”

अध्यक्ष नेपालले दसैं, तिहार, नेपाल संवत् ११४२, छठ, ल्होसार, उँधौली पर्वलगायत नेपाली चाडपर्वले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?