३१ आश्विन २०७८, आईतवार

राष्ट्रपति भण्डारीले गरिन् नवकन्याको पूजा

२०७८,आश्विन,२८,बिहीवार १५:१९


काठमाडौं । बडादसैँको नवौँ दिन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नवकन्याको पूजा गरेकी छिन् ।

महानवमीको शुभदिनमा बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आज बिहान राष्ट्रपति भण्डारीले नवकन्या (नौजना कन्या) को पूजा गरेका हुन् ।

वैदिक सनातन हिन्दू धर्मशास्त्रमा वर्णित विधिअनुसार विजयादशमीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गर्ने गरिन्छ ।

यसरी पूजा गर्दा पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः दोस्रो दिन दुई, तेस्रो दिन तीन हुँदै चार, पाँच, छ, सात, आठ र नवौँ दिन महानवमीमा नौ वर्षकी कन्याको पूजा गर्ने प्रचलन छ ।

सोही बमोजिम राष्ट्रपति भण्डारीले आज महानवमीका दिन एकैपटक नौजना कन्यालाई नवदुर्गाको प्रतीक मानेर पूजा गरेका हुन् ।

प्रकाशित मिति: २०७८,आश्विन,२८,बिहीवार १५:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका-४, पोखरियामा जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम शनिबार भव्यताका साथ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक एवं पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्वाध्यक्ष प्रा. बद्रिनाथ श्रेष्ठको असामयिक निधनप्रति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री तथा उच्च सरकारी अधिकारीले विजयादशमीको अवसरमा आज टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री निवास

काठमाडौं । सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०ः०२ बजेको साइतमा

ताजा समाचार

सुदूरपश्चिम : दशैँमा ९ जनाको मृत्यु
 २०७८,आश्विन,३१,आईतवार १०:४९