निर्माण भएको दुई सातामै सडकको यस्तो हालत

जेपी यादब
रौतहट–रौतहटको गौर नगरपालिकामा नगरस्तरीय योजनाबाट ढलान भएको नवनिर्मित सडक दुईसातमै चर्किन थालेको छ ।
गौर नगरपालिकाको नगरस्तरीय योजनाबाट वडा नम्बर १ स्थित रामजानकी धर्मशालादेखि पूर्व दालमिल जाने १ सय ७ मिटर लम्बाई र १६ फिट चौडाई रहेको सडकको ढलान सम्पन्न भएको दुई सातामै चर्किन थालेको हो ।
जनसहभागिता सहित २० लाखको लागतमा उपभोक्ता समिती मार्फत चंदन जयसवालले बैशाखको पहिलो साता निर्माण सम्पन्न गराएका थिए ।
सडक ढलानको समयमा गुणस्तरहिन सामाग्रीको प्रयोग गरेका कारण सडक चिराचिरा पर्न थालेको स्थानीयहरुले आरोप लगाएका छन् ।
ढलानको समयमा ईष्टिमेट भन्दा बाहिर गएर ओपीसि सिमेन्टको साटो पिपिसी सिमेन्टको प्रयोग गरिरहंदा स्थानीयले अनुगमनमा आएका नगरपालिकाका प्राविधिक टोलीसंग गुनासो गर्दा टोली नसुनेझै गरेर हिंडेको स्थानियहरुले बताएका छन् ।

कम्पेक्शन नगरी नयाँ भरेको माटोमाथि सडक ढलान गरेका कारण सडक छेउको माटोको कटानीले सडक भासिने अवस्थामा पुगेको छ ।
उपभोक्ता समितिले इस्टिमेट भन्दा फरक काम गरेपनि उक्त कामको भुक्तानिको प्रकृया नगरपालिकाले अगाडि बढाईसकेको छ ।
रकमी चलखेलमा लागेर नगरपालिकाका प्राविधिक टोलीले अनुगमनको साटो कोठा भित्र बसेर बिल पास गर्ने रवैयाले यस्तो समस्या आएको नगरपालिका स्रोतले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?