तलेजु भवानीको मन्दिरमा दर्शनार्थीको भीड

लोकपथ
70
Shares

काठमाडौं । वर्षको एकदिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थी भक्तजनहरुको भीड लागेको छ ।

बिहीवार बिहानैदेखि तलेजु भवानीको मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको हो । काठमाडौंको हनुमानढोका दरवारस्थित तलेजु भगवतीको मन्दिर वर्षको एकदिन आज (महानवमी) को दिन मात्रै खुल्ला हुन्छ ।

नेपालीहरुको महान चाड (विजया दशमी) को अवसरमा खुल्ला गरिने तलेजु मन्दिरमा आजको दिन लामवद्ध भएर दर्शनका लागि बसेकाहरु सबैलाई दर्शन र पूजाअर्चना गर्न दिइने बताइएको छ ।

कोरोना महामारीको जोखिमका कारण गत वर्ष आम नागरिकहरुलाई दर्शनका लागि खुल्ला नगरिएको तलेजु भगवतीको मन्दिर यस वर्ष भने स्वास्थ्यका मापदण्ड पूर्ण पालना गराएर खुल्ला गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?