दिल्लीलाई हराउँदै कोलकाता आईपीएलको फाइनलमा

लोकपथ
532
Shares

काठमाडौं । कोलकाता नाइट राइडर्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

सारजाहमा बुधबार राति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो ।

दिल्लीले दिएको १ सय ३६ रनको लक्ष्य कोलकाताले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

कोलकाताको जितमा भेन्कातेस एयरले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सुबमन गिलले ४६ रन जोड्दा नितिश रानाले १३ रन बनाए ।

राहुल त्रिपाठी १२ रनमा अविजित रहे । कप्तान इयान मोर्गन, शकिब अल हसन र सुनिल नारिन खाता नखोल्दै पेभेलियन फर्किए ।

दिल्लीका कागिसो राबडा, एन्रिच नोर्किया र रविचन्द्र आश्विनले २र२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले ३६ रन जोड्दा श्रेयस एयरले अविजित ३० रन बनाए । पृथ्वी श र मार्कुस स्टोनिसले १८र१८ रन जोडे भने शिम्रन हिटमायरले १७ रन बनाए ।

कोलकाताका वरुण चक्रवर्तीले २ विकेट लिए । लक्की फर्गुसन र शिबम माभीले १र१ विकेट लिए ।

अब फाइनलमा कोलकाताले चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ । चेन्नई पहिलो क्वालिफायरमा दिल्लीलाई नै हराएर फाइनल पुगिसकेको छ ।

फाइनल खेल शुक्रबार दुबईमा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?