नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

लोकपथ
1.4k
Shares

काठमाडौं । नेपाल माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रुगेको छ । आज बुधबार भएको खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।

योसँगै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

अब नेपालले फाइनलमा भारत र माल्दिभ्स मध्येको विजेतासँग भिड्नेछ । बंगलादेश भने च्याम्पियनसिपबाट बाहिरिएको छ।

भारत र माल्दिभ्सबीच आजै प्रतिस्पर्धा हुनेछ । फाइनल पुग्न माल्दिभ्सलाई बराबरीले पुग्नेछ । भारतलाई भने जितको बिकल्प छैन ।

मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा एक गोलको अग्रता उल्टाउदै नेपालले बराबरी खेलेको हो ।

खेलको नवौं मिनेटमा सुमन रेजाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ८८ औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई हारबाट जोगाए।

बंगलादेशसँगको बराबरीसँगै नेपालले ४ खेलमा ७ अंक जोड्यो । नेपाल शीर्ष स्थानमा यथावत रहेको छ ।

बंगलादेश ४ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । यस्तै माल्दिभ्स ३ खेलमा ६ अंक जोडेर दोस्रो र भारत ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?