खानेकुरा अपच भएमा के गर्ने (भिडियो सहित)

लोकपथ
6.4k
Shares

चाडपर्वको अवसरमा नेपालीहरूको खानपानमा व्यापक परिवर्तनहरू देखिने गर्छ । अझ वर्ष दिनमा एक पटक आउने चाडबाडको समयमा सबैले घरमै मिठो मिठो परिकार बनाएर, पाहुना बोलाएर मज्जाले खाने चलन छ ।

हिन्दुहरूको चाडपर्व त्यसमा पनि दसैँको अवसरमा गरिष्ठ भोजन बढी नै सेवन गर्ने चलन हुन्छ । यस्ता किसिमका परिकारहरूको अत्यधिक सेवनले अपच हुने समस्या धेरैलाई देखिन्छ । खाना अपच भएर ग्याष्ट्राटिस हुने, कब्जियत हुने जस्ता किसिमका समस्याहरू पनि देखिन्छ । गरिष्ठ भोजन सेवन गरेर विभिन्न किसिमका शारीरिक समस्या भोगेका व्यक्तिहरूलाई भनेर पतञ्जलि योग समिति नेपालका योग गुरु लोकनाथ खनालले खाना पचाउने केही उपाय र आसनहरू लिएर आउनु भएको छ ।

गरिष्ठ भोजन गरेको साँझ एक–एक चम्चा ज्वानो र जिराको गेडालाई पानीमा उमालेर एक कप रस पिउने गर्नाले खाएको खानेकुरालाई पचाउन मद्दत गर्छ । यो बाहेक नियमित रूपमा पाद अङ्गुष्ठ नास स्पर्श आसन गर्नाले पनि पाचन क्रियालाई बलियो बनाउँछ भनेर खनाल बताउँछन् ।

योग गुरु खनालले भिडियो मार्फत यो आसन कसरी गर्ने र खाएको खानेकुरा अपच भएमा कसरी पचाउने भन्ने विषयमा दिनुभएको भिडियो जानकारी ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?