९ कार्तिक २०७८, मंगलवार

राष्ट्रसंघद्धारा मालीको शान्ति सम्झौताको स्वागत

२०७८,आश्विन,२७,बुधबार १३:५६

387
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघले मालीको शान्ति सम्झौताको स्वागत गरेको छ । मालीमा यसअघि भएको शान्ति सम्झौता बमोजिम नै अधिकारीहरुले थप तयारी गरेका छन् । उक्त सम्झौताप्रति व्यक्त गरेको प्रतिबद्धताको संयुक्त राष्ट्रसंघले स्वागत गरेको हो । यहाँका राजनीतिक दलहरुले पनि यस सम्झौता बमोजिम अघि बढ्ने र विद्रोहीहरुलाई यहाँको राष्ट्रिय सेनामा समायोजन गर्ने तयारी गरेका छन् ।

उक्त शान्ति सम्झौता र पछिल्लो समयमा यसबमोजिम गरिएको तयारीको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले स्वागत गरेका हुन् । संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले मंगलबार सो कुराको जानकारी दिए ।

महासचिव गुटेर्रेसले मालीका राजनीतिक दल, त्यहाँको सरकार र विद्रोही पक्षबाट पनि सो सम्झौताबमोजिम अघि बढ्ने पुनः प्रतिबद्धता आएकाले त्यसको स्वागत गरेका प्रवक्ता डुजारिकले एक विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

मालीको सरकारले त्यहाँका पूर्व लडाकूहरुलाई करिब १३ हजार जनालाई यसै वर्षको अन्त्यसम्ममा सरकारमा पुनस्र्थापना गर्ने र बाँकी १३ हजार जनालाई अर्को वर्षसम्म गर्नेगरी सम्झौता गरेका छन् ।मालीमा विगत लामो समयदेखि हिंसात्मक विद्रोह जारी छ । सो विद्रोहले कैयौँ मानिसको ज्यान पनि गएको छ ।

प्रकाशित मिति: २०७८,आश्विन,२७,बुधबार १३:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् । राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले त्यहाँको पर्यटन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ । उनीहरुबीच सोमबार फोनवार्ता भएको रुसी

काठमाडौं । चीनमा ४० लाख जनसंख्या भएको एक शहरमा मंगलबार पुनः लकडाउन लागू गरिएको छ । गाँसू प्रान्तको राजधानी लानजू

काठमाडौं । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गरेकी छिन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७