राजदेवी मन्दिरमा विवाहिता महिलाहरुको भीड

लोकपथ
156
Shares

काठमाडौं । जनकपुरधामको शक्तिपीठहरुमा खोँइछ भर्नेको भीड लागेको छ । राजा जनकको कुल देवीको रुपमा चिनिने राजदेवी मन्दिरसहित जनकपुरधामको विभिन्न स्थानमा खोँइछ भर्ने विवाहिता महिलाहरुको भीड छ । विवाहिता महिलाहरुले सप्तमी तिथिदेखि नै खोँइछ भरिरहेका छन् ।

खोँइछ भर्नको लागि हजारौँको संख्यामा महिलाहरु राजदेवी मन्दिरसहित रामानन्द चोक, मुरली चोक, पिडरीया माईस्थान लगायतका स्थानमा खोँइछ भरिरहेका छन् ।

त्यस्तै प्रसाद चढाउनको लागि गएराति ११ बजेदेखि नै ठूलो लाइन लागेको छ । राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोँइछ भर्न महिलाहरुको भीड लाग्छ ।

मिथिलामा छोरीको विदाई भन्दा पहिले खोँइछ दिने परम्परा छ । जनकपुरमा आज रातिदेखि बलि दिने भएको छ । त्यसको लागि नेपालसहित भारतको सीमावर्ती क्षेत्रबाट श्रद्धालु भक्तजनहरु बोकाबलीको लागि जाने गरेका छन् । प्रत्येक वर्ष राजदेवी मन्दिरमा मात्र हजारौँको संख्यामा बलिप्रदान हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?