डेनमार्क विश्वकपमा छनोट

लोकपथ
403
Shares

काठमाडौं । डेनमार्क कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।

युरोपियन छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा अष्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै डेनमार्कले कतारको टिकट पक्का गरेको हो ।

डेनमार्कको जितमा जोकिम माहेलले निर्णयक गोल गरे । उनले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए।

Image

जितसँगै समूह ‘एफ’ को डेनमार्कले ८ खेलमा ८ जितसहित २४ अंक जोडेको छ ।

डेनमार्क शीर्ष स्थानमा रहेको छ । डेनमार्क दोस्रो स्थानको स्कटल्याण्ड भन्दा ७ अंकले अघि रहेको छ । स्कटल्याण्ड १७ अंक जोडेर दोस्रो स्थानमा  रहेको छ ।अष्ट्रिया १० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?