रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको शानदार जित

लोकपथ
637
Shares

काठमाडौं । विश्वकप छनोट अन्तरगतको खेलमा पोर्चुगलले शानदार जित हात पारेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगलले लक्जम्बर्गलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे ।

खेलका आठौँ र १३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रोनाल्डोले टोलीलाई अग्रता दिलाएका थिए । १७ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले अर्को गोल थपे । दोस्रो हाफमा जोआओ पाल्हिन्हाले चौथो गोल गरे भने खेलको अन्त्यतिर रोनाल्डोले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे ।

Image

योसँगै रोनाल्डो आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ११५ पुर्याएका छन् । ३६ वर्षीय खेलाडीले गत महिनामात्र अली देइको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानभंग गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?