मुगुको दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क उपचार गर्न आग्रह

लोकपथ
299
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुगु, कास्की र अछाममा भएका सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै प्रचण्डले सरकारसमक्ष आग्रह गरेका हुन् ।

विजया दशमीको मुखमा हिजो मुगुमा भएको बस दुर्घटना र त्यसमा ३२ जना यात्रुको मृत्युको खबरले स्तब्ध बनाएको प्रचण्डले उल्लेख गरेका छन् ।

साथै, कास्की, अछाम लगायत देशका विभिन्न भागहरुमा भएका सडक दुर्घटनाका खबरले थप मर्माहत बनाएको प्रचण्डको विज्ञप्तिमा उल्लेख छ ।

दिवंगत नागरिकहरुमा श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?