९ कार्तिक २०७८, मंगलवार

कुछी भ्वय खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय

२०७८,आश्विन,२७,बुधबार १०:३३

981
Shares

काठमाडौं । बडादशैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । नेवार समुदायमा कुछी भ्वयको विशेष महत्व रहेको छ ।

कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ । केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ, घिरौला, भटमास लगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ । नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय् खानुपर्ने मान्यता रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ ।

दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको एक थरीको भनाइ रहेको छ भने अर्को संस्कृतिकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुलछी भ्वय भएको तर पछि अप्रभंस भएर कुछी भ्वय हुन गएको भनाइ रहेको छ ।

महाअष्टमीको दिन बिहान नेवार समुदायले घरघरमा दशैँको मासु भित्र्याउँछन् । सो समुदायमा गुठी र टोल छिमेक मिलेर संयुक्तरुपमा काटेर भाग लगाएको राँगोको मासु घरघरमा भित्र्याउने प्रचलन छ । यसलाई दशैँको मासु भित्र्याएका भनिन्छ । मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गर्दछ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन छ ।

प्रकाशित मिति: २०७८,आश्विन,२७,बुधबार १०:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । थ्रेसरको भाउ बढेपछि धनगढीका किसान चिन्तित भएका छन् । थ्रेसर प्रयोगले धान झार्न सहज भए पनि ज्याला महँगिएका

भनिन्छ नि ‘अ पिक्चर इज वर्थ अ थाउजेन्ड वोड्स’, अर्थात् एउटा तस्बिर हजारौँ शब्दभन्दा भारी हुन्छ । टर्कीका फोटोग्राफर मेहमेत

बलेवा । बागलुङमा बेमौसमी वर्षाले कोदोबालीमा ठूलो क्षति पुर्याएको छ । यही कात्तिकको पहिलो साता तीन दिनसम्म भएको भारी वर्षाले

काठमााडौं । बाढी, पहिरो र डुबानबाट प्रभावित सुदूरपश्चिमका किसानहरुले प्रदेश सरकार समक्ष राहत र पुनस्र्थापनाको माग गरेका छन् । सुदूरपश्चिम

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७