मुगु बस दुर्घटना अपडेट : ३२ जनाको मृत्यु

लोकपथ
234
Shares

काठमाडौ । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेका अनुसार हो । मृत्यु हुनेहरुमा २२ पुरुष र १० महिला छन् ।

 

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको उक्त बस मुगुको छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो । प्रहरीले चालकतर्फको टायर पञ्चर भई दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । उक्त बसमा ४५ यात्रु सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?