आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

लोकपथ
572
Shares

काठमाडौं । भोजपुरमा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् ।

आफ्नै ४० वर्षीया श्रीमती छोती शेर्पाको हत्या गरेको अभियोगमा भोजपुर सापासिलिछो गाउँपालिका-५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

फराछेतरले आफ्नै श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभाने र ईलाका प्रहरी कार्यालय दिङ्लाबाट खटिएको प्रहरीले उनलाई साल्पासिलिछो गाउँपालिका-५ बाखुबाट फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?