मुगु बस दुर्घटना अपडेट : मृतक संख्या ३२ पुग्यो

लोकपथ
301
Shares

काठमाडौं । मुगुमा बस दुर्घटनामा मुत्यु हुनेको संख्या ३२ पुगेको छ । मृत्यु भएका मध्य २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र नेपालगञ्‍ज पुर्‍याएका थप ४ जनाको मृत्‍यु भएको हो ।

नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस छायानाथ रारा नगरपालिकास्थित पर्चानी खोलामा दुर्घटना भएका थियो ।

मंगलबार दिउँसो पौने २ बजे दुर्घटना भएको बस सडकबाट झन्डै ३ सय मिटर तल खसेको छ ।

घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् । नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहिले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?