काठमाडौं । सर्वोच्च अदालतले प्रहरीले गैर न्यायिक हिरासतमा राखिएकी नेपालगञ्जकी अधिकारकर्मी रुवी खानलाई असोज २८ उपस्थित गराउन आदेश दिएको छ । मानवअधिकारकर्मी एवं अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले सो फैसला गरेको हो ।
बाँके नेपालगञ्जका दुई महिलाको शङ्कास्पद मृत्युको घटना अनुसन्धानको माग गर्दै २० दिन पैदलयात्रा गरेर १२ जना काठमाडौँ आएका थिए । असोज २२ गते माइतीघर मण्डलामा प्रशासनलाई जानकारी दिएर धर्ना बसिरहेका बेला १२ जनालाई पक्राउ गरे पनि ११ जनालाई छोडेर रुवीको बारेमा जानकारी दिइएको थिएन ।
आइतबार अधिकारकर्मी अन्सारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् तर जिल्ला प्रहरी कार्यालय काठमाडौंले अदालतलाई स्पष्ट जवाफ नदिएपछि उनले मंगलबार रुवीको रिहाइका लागि पूरक रिट दायर गरेकी थिइन् ।
रुवीलाई पक्राउ गरी नेपालगञ्ज लगिएपछि अदालतले बाँके प्रहरी कार्यालयसहित काठमाडौं प्रहरी कार्यालयसम्मलाई आदेश दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया