काठमाडौं । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । काठमाडौंबाट दोलखाको चरिकोटका लागि गएको बा ४ ख १८०२ नम्बरको बस ७ किलोमा दुर्घटना हुँदा ३३ जना घाइते भएका हुन् ।
बस सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका नायब उपरीक्षक (डीएसपी) दक्षबहादुर बस्नेतले लोकपथलाई जानकारी दिए ।
३३ जना घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर भएपछि धुलिखेल अस्पतालमा रिफर गरिएको डीएसपी बस्नेतले बताए ।
बस उकालोमा डिट भएपछि रोकेर पानी हाल्ने क्रममा पछाडी हटेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया