काठमाडौं । मुगुमा बस दुर्घटनामा मुत्यु हुनेको संख्या २४ पुगेको छ । नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस छायानाथ रारा नगरपालिकास्थित पर्चानी खोलामा दुर्घटना भएका थियो ।
यस्तै १४ जना घाइतेलाई हेलिकोप्टरमार्फत मुगुको जिल्ला अस्पताल, नेपालगन्जलगायतका स्थानमा उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए ।
दुर्घटना भएको बस सडकबाट झन्डै ३ सय मिटर तल खसेको छ ।
घटनास्थलमा उद्धारकार्य जारी रहेको छ । उद्दारका लागि घटनास्थलमा हाल नेपाली सेनाको हेलिकोप्टर, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको छ ।
यो पनि पढ्नुहोस् : मुगुमा बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया