गम्भीर घाइतेलाई हेलिकप्टरबाट उद्दार

RSS
1.2k
Shares
तस्वीर गूगल

काठमाडौं । दक्षिणी रसुवाको ठूलोगाउँस्थित भूमेस्थान इलाका क्षेत्रमा लडेर गम्भिर घााइते भएका एक व्यक्तिको उद्दार गरी उपचारको लागि काठमाडौं ल्याइएको छ ।

नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ गोगने घर भई हाल रसुवा उत्तरगया गाउँपालिका–३ ठूलोगाउँमा पसल व्यवसाय गर्ने ४० वर्षका नारायणबहादुर ढुङ्गेल लडेर घाइते भएका थिए । टाउँकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा भेटेपछि उपचारको लागि कैलास एयरको हेलिकप्टरद्वारा काठमाडौं ल्याइएको डाँडागाउँ प्रहरी चौकीले जनाएको छ ।

उनलाई घाँस काट्नेले भेटेपछि उद्वार गरिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?