३१ आश्विन २०७८, आईतवार

दशैँ : लामो यात्रामा निस्किनेहरूले नछुटाउनुहोस् यी सामान

२०७८,आश्विन,२८,बिहीवार १४:५५


काठमाडौं । बडा दशैँ नेपालीहरूको प्रमुख चाड हो । त्यसैले पनि यो समयमा सबैभन्दा लामो छुट्टी हुने गर्दछ । राष्ट्रिय चाड समेत मनिने दशैँको छुट्टीमा मानिसहरू घुमफिर गर्न रुचाउँछन् ।

प्रायजसो दशैँको मुख्य दिन अर्थात् विजया दशमीका दिन आफूभन्दा ठूला मान्यजनहरूको हातबाट टीका प्रसाद ग्रहण गरेर, नजिकका इष्टमित्रको घरमा गएर टीका लगाएर रमाइलो मान्दै घुमघाममा निस्कन्छन् भने केही टिकाको भोलिपल्टै वा पर्सिपल्ट केही फ्रेस पनि हुने इच्छाका साथ लामो यात्रामा निस्कन्छन् । यो छुट्टीको उपयोग गर्ने मौका हो । तर लङ ड्राइभ हामीले सोचजस्तो नहुन पनि सक्छ । यसको कारण छ ।

भौगोलिक बनावट, मौसम, सडकको अवस्था, कोरोना कहरका कारण स्थानीय निकायले तपाईसँग गर्ने व्यवहार, बनाइएका नीतिनियम आद कारणले गर्दा लङ ड्राइभमा जाँदा सकेसम्म केही कुराहरू ध्यान पर्याउनै पर्छ ।

  • सवारी साधानको कन्डिसन राम्रो बनाएर मात्रै यात्रामा निस्कनुपर्छ ।
  • लामो यात्रामा निस्कनुभएको हो भने दुई जना चालक हुँदा राम्रो हुन्छ ।
  • सकेसम्म अनुभवी मान्छेले सवारी हाँक्नुपर्छ ।
  • खाली रोड छ भन्दैमा सवारीको गति धेरै बढाउनु हुँदैन ।
  • घुम्ती र मोडहरूमा विशेष ध्यान दिनुपर्छ ।
  • नयाँ लोकसनमा जाँदा कम्तिमा पहिल्यै त्यो ठाउँको बारेमा केही जानकारी लिनुपर्छ ।
  • गुगल म्याप, जीपिएस सिस्टमबारे अपडेट भइरहनुपर्छ ।
  • सवारीसाधनमा केही खानेकुराहरू र साथमा पानी राखिरहनुपर्छ ।
  • प्राथमिक उपचारको सामानहरू साथमा बोकेर हिँड्नुपर्छ ।

यति कुरामा सचेत भएको खण्डमा पनि हामी हाम्रो यात्रा सहज बनाउन सक्छौँ । हामीले यहाँ चर्चा गर्न खोजेको अर्को विषय हो, प्राथमिक उपचारका सामग्री अर्थात् फस्र्ट एड बक्सको ।

मानौँ, तपाईँको यात्रामा हिँडेकामध्ये कसैलाई सामान्य चोट लाग्यो । अब के गर्ने यो अलमल र दुःखबाट पार पाउन, कसैलाई रिँगटा लाग्ने, टाउको दुख्ने, वान्ता आउनेजस्तो सामान्य किसिमको तर यात्रा खल्लो बनाउने गरी समस्या निम्तिहाल्यो भने के गर्ने ? खानपिन चलिरहेकै बेला छ्यास्स पोल्यो भने के गर्ने ? हरीयाली देखेर फोटो खिच्न पोज दिनुभएको थियो सर्पले डस्यो अब के गर्ने ? बाटो अलमल्ल पर्नुभयो अब के गर्ने ? हो यस्तै अब के गर्ने भन्ने किसीमका समस्या समाधान गर्नका लागि र यो दुबिधाबाट पार पाउनको लागि हाम्रो गाडीमा फस्र्ट एड बक्स हुनैपर्छ ।

सम्भावित जोखिमबाट आफू बच्न, अरुलाई बचाउनको लागि, अवस्था थप खराब वा जोखिमपूर्ण हुन नदिनको लागि उचित उपचारका लागि सम्बन्धित स्थानमा नपुगुन्जेलसम्मको अवस्था ठीक राख्नको लागि, केही भैपरी आयो भने तत्काल समाधान गर्न । स–सानो अप्ठ्यारोबाट सहजै पार पाउनको लागि सिटामोल, थर्मोमिटर, ह्याण्डी प्लास्ट, नेल कटर, सियोधागो, टेप, ब्यान्डेज बोक्नुपर्छ ।
–महिलाहरूले सेनेटरी प्याड छुटाउनु हुँदैन ।
–हलुका खानेकुरा गाडीमा राख्नुपर्छ ।
–प्राथमिक उपचारबारे थाहा पाउनुपर्छ ।

–सामान्य सवारी दुर्घटना पर्दा गर्नुपर्ने काम र अपनाउनुपर्ने उपायबारे थाहा पाउनुपर्छ ।
–घाइतेलाई सुरक्षित ठाउँमा राख्ने ।
–श्वासप्रश्वास निरिक्षण गर्ने ।
–रगत बगिरहेको भए रक्तश्राव रोक्ने ।
–मुटुको चाल बन्द भएको भए तुरुन्तै कार्डियो मसाज दिने ।
–हात खुट्टा भाँचिएको भए काम्रो बाध्ने ।

–आपतकालीन फोन नम्बरहरूको एक सूची
–विभिन्न आकारका ब्याण्डेज प्याडहरू
–टेप
–विभिन्न आकारका पट्टी
–एन्टिसेप्टिक वाइपहरू
–साबुन
–एन्टिबायोटिक मलम
–सिटामिनोफेन र आइबुप्रोफेन
–अतिरिक्त औषधि

यदि परिवार छुट्टीमा जाँदै छ भने,
–चिम्टी
–कैँची
–पिनहरू
–लोसन
–थर्मामिटर
–फ्ल्यासलाइट

दुर्घटना नचाहँदा नचाहँदै भोग्नुपर्ने नियति हो । त्यसकारण सजग बनौँ । तपाईँको यात्रा शुभ रहोस् ।

नोट: विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ बाट बच्न नेपाल सरकारले भीडभाड नगर्न, ठूलो जमघट नगर्न, भौतिक दूरी कायम गर्न, मास्कको उचित र अनिवार्य प्रयोग गर्न, स्यानिटाइजरको प्रयोग गर्न सबैमा अनुरोध गरेको छ ।

एकबाट सजिलै दोस्रोमा सर्ने प्रकृतिको भाइरस र यसविरुद्धको भ्याक्सिनको सहज उपलब्धता नभएका कारण विभिन्न स्थानीय तहले आफ्नो क्षेत्रमा आउँदा अनिवार्य पीसीआर गरेको हुनुपर्ने वा नयाँ मानिसलाई प्रवेशमा निषेध गर्ने नीति लिएको हुनसक्छ । यसअर्थ आफू जाने गन्तव्यमा पर्ने स्थानीय सरकारसँग भरपर्दो सूचना लिएर मात्रै जानु राम्रो हुन्छ ।

यहाँहरूको बडा दशैँ र यसपछिको घुमघाम रमाइलो गरी बितोस् । लोकपथ डटकमसँगै रहनुहोला ।

प्रकाशित मिति: २०७८,आश्विन,२८,बिहीवार १४:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । धनुषामा घाँटी काटिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित

काठमाडौं । पछिल्लो समय ह्वाट्सएपमार्फत ठगी गर्ने गिरोह सक्रिय देखिएको छ । केही समययता विभिन्न व्यक्तिहरूलाई ह्वाट्सएपमार्फत फोन गर्दै तपाईँलाई यति

काठमाडौं । नेपालले आज (शनिबार) पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल खेल खेल्दै छ । नेपालले यसअघिका साफ च्याम्पियनसिपमा सेमिफाइनलसम्मको यात्रामात्रै तय

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा

ताजा समाचार

सुदूरपश्चिम : दशैँमा ९ जनाको मृत्यु
 २०७८,आश्विन,३१,आईतवार १०:४९
बसको ठक्करबाट मोटरसाइकल चालककको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १५:३८