अोलीले मोदीलार्इ जनकपुरमा स्वागत गर्ने

काठमाडाैं : बैशाख २८ गते नेपाल अाउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलार्इ नेपालका प्रधानमन्त्री के.पी. शर्मा अोलीले जनकपुरमा स्वागत गर्ने भएका छन् । अोलीले मोदीलार्इ जनकपुरको बाह्रबिघा मैदानमा अभिनन्दन समेत गर्ने भएका छन् । 

मोदीको भ्रमण सुरक्षाका लागि संघीय गृहमन्त्री रामबहादुर थापा र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत जनकपुरमा छन् । उनीहरूले मोदीको भ्रमण सुरक्षाको प्रबन्धबारे बुझिरहेका छन् । पटनाबाट मोदी सोझै जनकपुर अाउने र बाह्रबिघा मैदानमा उनको स्वागत र अभिनन्दन हुने गृहमन्त्री रामबहादुर थापाले जानकारी दिएका छन् । ​

मोदी भारतीय सेनाका ३ वटा हेलिकोप्टर र सुरक्षाकर्मीसहित नेपाल अाउनेछन् । उनले २८ गते नै जानकी मन्दिरमा दर्शन र पुजाअाजा गर्नेछन् । मोदी यो पटक धार्मिक भ्रमणमा नेपाल अाउन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?