विश्वकपमा छनोट हुने पहिलो देश बन्यो जर्मनी

लोकपथ
1.3k
Shares

काठमाडौं । जर्मनी आगामी वर्ष कतारले आयोजना गर्ने फिफा विश्वकप फुटबलका लागि छनोट हुने पहिलो टिम बनेको छ ।

विश्वकपको युरोपियन छनोट अन्तर्गत सोमबार राति नर्थ म्यासेडोनियालाई ४-० गोल अन्तरले पराजित गर्दै जर्मनी दुई खेल अगाबै विश्वकपका लागि छनोट भएको हो ।

जर्मनीको जितमा टिमो वेर्नरले दुई गोल गरे । काइ हाभर्ट्ज र जमाल मुसियालाले एक-एक गोल गरे । जितसँगै समूह जे बाट जर्मनीले दुई खेल अगाबै विश्वकपमा आफ्नो सिट पक्का गरेको हो ।

यस समूहमा जर्मनी ८ खेलमा २१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अब जर्मनीले लिचेस्टाईन र अर्मेनियासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?