धनुषा । संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले प्रदेश नं २ को राजधानी जनकपुरधाम स्थित रहेको मत्स्य मानव संसाधन विकास तथा प्रविधि प्ररिक्षण केन्द्रको सोमबार अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा मन्त्री यादवले भने, कृषिमा राज्यले प्रदान गर्दै आएको अनुदान सुविधा लक्षित समुहसम्म पुग्न नसकेको र विपन्न किसानको जीवनस्तर उकास्न भन्दै आएको अनुदान सुविधा टाठाबाठा र पहुँचवालाले लिदै आएको मन्त्री यादवले बताएका छन् ।
यो गलत प्रवृत्तिलाई तोड्न आफुले कुनै कसर बाकी नराख्ने बताउदै मन्त्री यादवले भने, ‘वास्तविक किसानले अनुदान नपाएकै कारण न कृषि उत्पादन बढायो, न विपन्न किसानको जीवनस्तरमा सुधार आयो ।’
ब्रीफिङमा संलग्न रहेका कर्मचारीहरुलाई मन्त्री यादवले बजेटमा पारदर्शी भएर काम गर्न निर्देशन दिएका हुन् ।
अनुगमनका क्रममा मत्स्य मानव संसाधन विकास तथा प्रविधि प्ररिक्षण केन्द्र प्रमुख रविलाल शर्मा, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय प्रदेश नं २ का निर्देशक जागेस्वर यादव, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रदेश नं २ का प्रदेश समन्वय प्रमुख युगलकिशोर तिवारी, प्रदेश नं २ सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकि सचीव डा। नम्रता सिंह लगायत कृषि विकास निर्देशनालय नक्टाझिजका इन्जिनियर मनोज चौधरीले विगत तथा वर्तमानमा भएका राम्रा कामहरु, चुनौती र भावी कार्ययोजनाका बारेमा मन्त्री यादवलाई ब्रीफिङ गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया