९ कार्तिक २०७८, मंगलवार

चकलेटमा अनुचित नाफा लिने सेल्स बेरीलाई ५० हजार जरिवाना

२०७८,आश्विन,२५,सोमवार २०:१६

162
Shares

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले आसन्न दशैँ लगायत चाडपर्व नजिकिएसँगै गरेको बजार अनुगमनका क्रममा आज सातदोबाटोस्थित सेल्स बेरीलाई ५० हजार जरिवाना तिराएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत नेतृत्वको टोलीले चाडपर्वको समयमा व्यापारीले जथाभावी मूल्य लिने र म्याद गुज्रिएका सामग्री बेच्ने समस्या बढेसँगै गरेको अनुगमनका क्रममा बोरीलाई ह्वाइट हेविटलगायत चकलेटमा अनुचित नाफा लिएको पाएपछि सो मूल्य बराबरको रकम तिराएकोे जानकारी गराइएको छ ।

बस्नेत नेतृत्व टोलीले ललितपुरमा यही असोज ७ गतेदेखि पटकपटक बजार अनुगमन गरिरहेको छ । यसअघिका अनुगमनमा सो टोलीले लगनखेलदेखि पुल्चोकसम्मका केही पसललाई कूल एक लाख ३५ हजार ५०० तिराइसकेको बताएको छ । बस्नेतसँगै अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, आन्तरिक राजस्व कार्यालय लगनखेल तथा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखासहित महानगरीय प्रहरी परिसर जावलाखेलका प्रतिनिधि पनि सहभागी रहेका थिए ।

प्रकाशित मिति: २०७८,आश्विन,२५,सोमवार २०:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण यही कात्तिक महिनासम्म पूरा हुने भएको छ । दसैँअघि नै सक्ने लक्ष्य राखिए पनि अझै

लमजुङ । नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्ने बताएका छन् । नेकपा एमाले मध्यनेपाल नगरपालिका

काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालले यही कात्तिक १२ देखि १५ गतेसम्म जावलाखेलको खेल मैदानमा ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ गर्ने

घोराही । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले मुलुकमा संकट थपिन लागेको बताएका छन् । प्रेस सेन्टर नेपालको चौथो

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७