काठमाडौं । लागुऔषध खैरो हिरोइनसहित काठमाडौंबाट ३ जना पक्राउ परेका छन् । टोखा नगरपालिका–११ ग्रीनल्याण्ड ओमप्लाजामा रहेको टेकनाथ न्यौपानेको चार तले घरको ते स्रो तलामा डेरा गरी बस्ने यादव कार्की पक्राउ परेका हुन् ।
कोठामा केही मानिसहरुले लागुऔषध खैरो हिरोईइनको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी बृत महाराजगंजबाट खटिएको टोलीले लागुऔषध हिरोइन ८४ ग्राम र नगदसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कार्कीसहित दल बहादुर विक र नयन बिक रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया