इरानले परमाणु हतिहार बनार्इरहेको इजरायलको अारोप

विश्वसामु गरेको प्रतिवद्दता विपरित इरानले परमाणु हतियार बनार्इरहको अारोप इजरायलले लगाएको छ । 

इरानले परमाणु हतियार बनार्इरहेको यथेष्ट प्रमाण अाफुसँग रहेको दाबी गर्दै इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले परमाणु हतियार नबनाएको इरानको भनार्इ झुठो रहेको बताएका छन् ।

इरानमा अाणविक हतियार विकास भएको उल्लेख भएका भनिएका विभिन्न दस्तावेजहरु प्रस्तुत गर्दै इजरायलले इरानमाथि अन्तर्राष्ट्रिय समुदायसामु झूठो बोलेको अारोप लगाएको छ।

सन् २०१५ यता उर्जा संकट निवारणका लागि मात्रै आफ्नो मुलुकले परमाणु कार्यक्रमलाई निरन्तरता दिएको बताउँदै आएको इरानले विश्व शक्ति राष्ट्रसँग गरेको सम्झौता समेत उलङ्घन गरेको आरोप इजरेलको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानको पछिल्लो गतिविधीलाई वेवास्ता गर्न नमिल्ने र यसबारे आगामी मे १२ मा औपचारिक निर्णय गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि पनि इरानसँगको सम्झौता तोड्ने धम्की दिँदै अाएका छन् भने अन्य यूरोपेली मुलुकहरुले चाहिँ इरानसँगको अाणविक सम्झौतालाई यथावत राख्नुपर्ने तर्क गर्दै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?