९ कार्तिक २०७८, मंगलवार

कुमारी बैंकको ल्यायो चाडपर्व लक्षित ‘डिजिटल दक्षिणा’ अभियान

२०७८,आश्विन,२५,सोमवार १९:५९

72
Shares

काठमाडौँ – कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दसैँ , तिहार तथा छठ लक्षित ‘डिजिटल दक्षिणा’ अभियान ल्याएको छ । डिजिटल बैंकिंग क्षेत्रमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा सेवा-सुविधा प्रदान गर्दै आइरहेको कुमारी बैंकले बडा दशैंको उपलक्ष्यमा “डिजिटल दक्षिणा” अभियान ल्याएको हो ।

बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना अनुसार कोरोना महामारीले निम्त्याएको आफन्तजन बीचको बाध्यात्मक दूरीलाई माया र आशीर्वादको डिजिटल आदानप्रदान मार्फत कम गरी परिवार बीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले सो योजना ल्याईएको हो।

यसै सन्दर्भमा चाडपर्वकै अवसरमा नयाँ नोटको आगमन मात्र नभई चाडपर्वमा टिका, रङ्ग तथा अन्य कारणले नोटहरु बिग्रन सक्ने सम्भावना पनि डिजिटल दक्षिणाले कम गर्ने बिचार यसै बैंकका डिजिटल बैंकिंग प्रमुख अनिष ताम्राकारले व्यक्त गरे ।

‘डिजिटल दक्षिणा’ अभियान अन्तर्गत बडा दसैँमा पाँच दिन, तिहारमा तीन दिन तथा छठ पर्वको दिन कुमारी स्मार्ट मोबाइल बैंकिङ्ग एपमा भएको डिजिटल दक्षिणामार्फत गरिएको अन्तर बैंक रकमान्तरमा लाग्ने सेवा शुल्क, क्यास ब्याक मार्फत ग्राहकलाई फिर्ता गर्ने सुविधा बैंकले प्रदान गर्ने जनाएको छ ।

आफ्नो स्थापनाकालदेखि नै बैंकिंग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको कुमारी बैंकले हाल आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७२ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

प्रकाशित मिति: २०७८,आश्विन,२५,सोमवार १९:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो (भदौ) महिनामा रेमिट्यान्स (विप्रेषण आप्रवाह) ६.३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले  सार्वजनिक

कर्णाली । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सिद्धार्थ बैंक लिमिटेडबीच कृषि कर्जामा ब्याज अनुदानसम्बन्धी कार्यक्रम सञ्चालन

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । कम्पनीले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धता र

काठमाडौं। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकलाई टेर्नै छाडेका छन् । राष्ट्र बैंक कडा रुपमा प्रस्तुत नभएको मौका

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७