डिशहोम फाइबरनेट सेवा भरतपुर र गैडाकोटमा विस्तार

लोकपथ
117
Shares

काठमाडौँ– देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गर्ने क्रममा डिशहोम फाइबरनेट सेवा भरतपुर र गैडाकोटमा विस्तार गरिएको छ। नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैडाकोटमा पुगेको बिक्री प्रबन्धक मनोज शर्माले जानकारी दिएका छन् ।

प्रमुख सहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, वीरगञ्ज, धरान, जनकपुर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान, भैरहवा, पनौती, पोखरा र विराटनगरलगायत अन्य स्थानमा डिशहोम फाइबरनेट सेवा पुगिसकेको रछि ट्टै नेपालगञ्ज र धनगढीमा पनि पुग्ने उनले बताए।

अब ग्राहकहरुलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सबैभन्दा कम मूल्यमा डिशहोम फाइबरनेटले प्रदान गर्ने भएको छ। ग्राहकहरुले मासिक मात्र ८९९ रुपैयाँमा नै १०० एमबीपीएस इन्टरनेटको मज्जा ५ जी ड्युलव्याण्ड राउटरको साथमा लिन सक्नेछन्।

अहिले नेपालीहरुको घरआँगनमा चाड पर्वको मौसम छाइसकेको छ। यो रमाइलो पर्वको मौसममा थप खुसीयाली र उत्साह थप्न डिशहोम फाइबरनेटले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालनमा ल्याएको छ। असोज ११ देखि लागू भएको यो योजनाअन्तर्गत डिशहोम फाइबरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन्।

स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनोट लक्की ड्रमार्फत गरिने छ। लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?