दिनभर देशविदेशमा के-के भयो ? हेर्नुहोस् आजको टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
105
Shares

१.कास्कीको घान्द्रुकमा जीप दुर्घटना, दुर्घटनामा परेर ८ जनाको मृत्यु, १ जना घाइते ।

२.प्रतिनिधिसभाको आज बसेको बैठकमा पनि एमाले सांसदहरूको अवरोध, अर्काे बैठक कात्तिक ९ गते बस्ने, सांसदले पाए दशैँ छुट्टी ।

३. गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीद्वारा कांग्रेस सांसद दोबाटे विश्वकर्मालाई मन्त्रीमा नियुक्त, दोबाटेले लिए आजै पद तथा गोपनीयताको शपथ ।

४.निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता, हालसम्म विमानस्थल निर्माणको ८५ प्रतिशत काम सम्पन्न ।

५.अहिलेसम्म सम्पन्न भएका कांग्रेसको जिल्ला र पालिका अधिवेशनमा सभापति देउवा र वरिष्ठ नेता पौडेल समूह हाराहारी, १४औँ महाधिवेशनमा देउवा र पौडेल पक्षबीच कडा टक्कर हुने संकेत ।

६.पर्सा जिल्लाबाट जनता समाजवादी पार्टीले कसैलाई मन्त्री नबनाएको भन्दै कार्यकर्ताको असन्तुष्टि, ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालय घेराउ, अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन ।

७. बडा दशैँ मनाउन काठमाडौं उपत्यका छोडेर मानिसहरू घर फर्किँदै, काठमाडौं उपत्यकाका विभिन्न नाकामा भीड र सवारीको चाप ।

८.आज बडा दशैँको पाँचौँ दिन, स्कन्द माताको पूजा आराधना, देशैभरका देवीका मन्दिरमा दर्शनार्थीको भीड ।

९. दशैका लागि बजारमा किनमेल गर्नेहरूको भीड, कोरोना संक्रमण जोखिमको भने बेवास्ता ।

१०. प्राविधिक समस्याका कारण रोकिएको सवारीचालक अनुमतिपत्रको कार्ड डेढ महिनाभित्र आइपुग्ने सरकारी दाबी, कार्ड चाँडो ल्याउन यातायात व्यवस्था विभागले सहजीकरण गर्ने ।

११.नेपालमा पछिल्लो २४ घन्टामा गरिएको १२ हजार १ सय ९५ परीक्षणमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि, थप ८ सय ८८ जना संक्रमणमुक्त, १२ जनाको मृत्यु

१२.सोमबार नेपाली सेयर बजार परिसूचक मापक नेप्से २३ दशमलव १९ अंकले घट्यो, कारोबार रकम ३ अर्ब ६३ करोडमै सीमित ।

१३.तालिबानले सत्ता कब्जा गरेपछि बन्द रहेका अफगानिस्तानका विद्यालयहरू २ महिनापछि खुले, विद्यालय खुलेपछि विद्यार्थी हर्षित ।

१४.अष्ट्रेलियाले कोरोनाका कारण सिड्नीलगायतका सहरमा लगाएको लकडाउन चार महिनापछि हटायो, बजारमा सामान किन्नेको घुइँचो, होटल रेष्टुराँ पनि भरिभराउ ।

१५.र, नेपाली लेग स्पिनर सन्दीप लामिछाने बने आईसीसी प्लेयर अफ द मन्थ, नासुम अहमद र जसकरण मलहोत्रालाई पछि पार्दै रचे इतिहास

https://www.facebook.com/lokpath/videos/381836966975995

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?