मन्त्री चयनमा जसपाभित्र असन्तुष्टि : कार्यकर्ताद्वारा पार्टी कार्यालय घेराउ

लोकपथ
175
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गरेका छन् ।

सोमबार बालकुमारीस्थित जसपाको केन्द्रीय पार्टी कार्यालयमा कार्यकर्ताहरुले पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले जसपाबाट ४ जना मन्त्री बन्दा पर्साका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै पार्टी अध्यक्ष उपेन्द यादवको राजीनामा समेत माग गरेका छन् । प्रदर्शनमा समाजवादी विद्यार्थी यूनियन पर्सा जिल्लाका युनियन अध्यक्ष राजबाबु राकीले पार्टी अध्यक्ष उपेन्द्र यादवले पर्सावासीलाई धोका दिएको बताए । उनले उपेन्द्र यादवको छोरासमेत आफ्नो समर्थनमा रहेको बताउँदै पर्सावासीलाई न्याय नगरे देशभर प्रदर्शन गर्ने चेतावनी दिए ।

अध्यक्ष राकीले भने, ‘मधेशलाई चिनाउने र इतिहास बोकाउने भनेकै पर्सा जिल्ला हो,तै पनि हाम्रा पार्टी अध्यक्ष उपेन्द्र यादवजीले पर्सा जिल्लावासीसँग जहिले पनि दोहोरो चरित्रको धोका दिनुहुन्छ, प्रदीप यादवले पर्सा जिल्लाबाट काँग्रेसको जरो उखेलेर फालेर पर्सा जिल्लालाई फोरमको गढ बनाउन सक्नुभयो, उपेन्द्र यादवको छोरासमेत हाम्रो समर्थनमा हुनुहुन्छ, उपेन्द्र यादवले पर्सावासीसँग धोकाबाजी गर्नुभएको छ ।’

पर्सामा लगातार विरोध प्रदर्शन गर्दै आएका कार्यकर्ताहरुले सांसद यादवलाई मन्त्री नबनाएको भन्दै विरोध गर्दै आएका हुन् ।

उनीहरुले आज जसपाको केन्द्रिय कार्यालयमै प्रदर्शन गरेका हुन् । बलिदानको कदर नगर्ने नेता चाहिँदैन, हाम्रो बलिदान र संघर्ष खेर जान दिँदैनौँ जस्ता नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?