‘भूमीहिनको समस्या समाधान नगरी गोली चलाउनु आपत्तिजनक’

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रियसभाको सोमबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध कायमै राखेको छ ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरुले बैठक अवरोध गरेका हुन् । बैठकमा नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले वर्तमान गठबन्धनमा सहभागी दलहरुले अघिल्लो सरकारविरुद्ध गैर राजनीतिक र कुर्सी मोहका कारण मुद्दा दायर गरेको बताए । उनले दशैँको मुखमा आम नागरिकमाथि गोली प्रहार भएको बताउँदै यो कदम सरकारको सुकुम्बासीमाथिको दमन भएको बताए । उनले दशैँको मुखमा ४ जनाको हत्या हुनु दुखद् बताउँदै उहाँले तत्काल पीडितलाई क्षतिपूर्ति र न्याय दिनुपर्ने बताए ।

प्रमुख सचेतक भट्टराईले भने, ‘रुपन्देहीमा दशैँको मुखमा आएर भएको घटना दुखदायी छ, सुकुम्बासी र भूमीहीनको व्यवस्थापन नगरी दशैँको मुखमा गोली प्रहार भएको छ, यो दशैँलाई दशा निम्त्याउने काम गृहमन्त्रीले गर्नुभएको छ, दशैँको मुखमा चार जनाको हत्या हुनु दुखद् छ, १८ जना घाइतेको उपचार र मृतक परिवारलाई तत्काल क्षतिपूर्ति दिनुपर्छ, घटनाको म भत्र्सना गर्दछु, गृहमन्त्रीले आफ्नो जिल्लामा भएको घटना कुन मुखले हिँड्नुहुन्छ, सुकुम्बासी हुन कसैलाई रहर हुन्छ, कोही रहरले सुकुम्बासी हुन्छ र ? अरुका लागि दशैँ आएको छ तर सुकुम्बासीको लागि दशा आयो, दशा निम्त्याउने काम यो सरकारले गर्यो ।’

उनले प्रधानमन्त्री शेरबहाुदर देउवाले बुढानीलकण्ठबाट बालुवाटार आएर सुत्नेबाहेक अन्य कुनै काम नगरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?