५ दिने भारत भ्रमण सकेर नेपाल फर्कियो कांग्रेसको टोली

लोकपथ
624
Shares

काठमाडौं । ५ दिने भारत भ्रमण सकेर नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसहितको टोली नेपाल फर्किएको छ ।

भारतीय जनता पार्टी (भाजपा) को विशेष निमन्त्रणमा दिल्ली पुगेको टोली सोमबार भ्रमण सकेर नेपाल आइपुगेको हो ।

नेपाल कांग्रेसका सहमहामन्त्री डा. महतको नेतृत्वमा नेताहरु उदय शमशेर राणा र अजय चौरसियासहित तीन सदस्यीय टोली गत असोज २१ गते भारत प्रस्थान गरेका थिए ।

दुवै देशका सत्तारुढ दल र दुई देशको सम्बन्ध सुमधुर बनाउनका लागि भन्दै कांग्रेसले तीन नेतालाई भारत भ्रमणमा पठाएको थियो ।

उक्त टोलीले गत बिहीबार बिहान दिल्लीमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेको थियो । उक्त भेटमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता डा. आश्विन जोहर पनि सहभागी थिए ।

सो क्रममा कांग्रेस नेतृत्वको टोलीले भारतीय विदेशमन्त्री डा. एस. जयशंकर, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतसँग भेटघाट गरेको थियो । भ्रमणका क्रममा दुई देशबीचको पुरानो सम्बन्धका विषयमा समिक्षा भएको र सीमा समस्याका विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?