गृहले भन्यो : ‘जग्गा अतिक्रमण गर्न खोज्नेलाई कानुनी कारबाही हुन्छ’

लोकपथ
1.2k
Shares

काठमाडौं । गृह मन्त्रालयले निर्धारित कानूनी विधि र प्रक्रिया भन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुने स्पष्ट गरेको छ ।

मन्त्रालयले कसैको बबहकाउमा परी यस प्रकारको गैरकानुनी कार्यमा संलग्न नहुन सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङले सोमबार जारी गरेको विज्ञप्तिमा रुपन्देहीको मातीपूर आद्योगिक क्षेत्रमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

मन्त्रालयले संविधानको मौलिक हकमा रहेको आवासको हक, भूमिहीन दलिकको हक र राज्यको नीतिमा उल्लिखित भूमिहीन सुकुम्बासीको पहिचान गरी बसोबास र जीविकोपार्जनका लागि कृषियोग्य जमिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट गरिएको छ । विज्ञप्तिमा भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगले काम गरिरहेको र कसैको नाम छुटेको भए स्थानीय तहमार्फत दर्ता गराउन सकिने पनि मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?