कैलालीको गेटा विमानस्थल जाम

लोकपथ
1.6k
Shares

काठमाडौं । कैलालीको गेटा विमानस्थल जाम भएको छ ।

समिट एयरको विमान रन वे मा टायर जाम भएर उडान नभएपछि जाम भएको हो ।

धनगढीबाट बाजुरा जाने समिटको जहाजको टायरमा खराबी देखिदा जहाज उडन नसकेपछि विमानस्थल अवरुद्ध भएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए ।

टायरमा खराबीका कारण सो जहाज उड्न नसकेर धावनमार्गमा रोकिएपछि अहिले धनगढी विमानस्थल अवरुद्ध भएको छ । सो विमानका कारण यहाँबाट काठमाण्डौंका लागि उड्ने श्री एयरलाइन्सको जहाज पनि उड्न पाएको छैन ।

समिट एयरको जहाज ग्राउण्डेड भएको र धावनमार्गबाट हटाउने प्रयास भइरहेको प्रमुख भट्टले बताए । ‘पाइलटले इन्जिनीयरसंग सल्लाह लिइरहनु भएको छ । सम्भवतः केही समयमा अवरोध हट्छ होला’, उनले भने । ्

सो जहाज उड्न नसकेपछि काठमाण्डौंबाट केही समयमा धनगढी आउने बुद्ध एयरको जहाजको उडान पनि प्रभावित भएको छ ।

सो विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?