जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक जना पक्राउ

लोकपथ
308
Shares

काठमाडौं । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक जना पक्राउ परेका छन् ।

बागमती गाउँपालिका-१ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ती महिलालाई घर बनाउने काम दिलाएका सत्यालले खाना बनाउने ठाउँमा आई एक्कासी जबरजस्ती करणी गरेको भन्ने उजुरीका प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?