कुवेतमा यातना खेपेर फर्किएकी रीता : फेरी विदेश जानेबारे भनिन् यस्तो

नयाँदिल्ली, १८ बैशाख-  नयाँदिल्लीको बाह्रखम्बास्थित नेपाली दूतावासमा शनिबार अपराह्न भेटिएकी ४० वर्षीया रीता (नाम परिवर्तन) राम्ररी बोल्न सक्ने अवस्थामा थिइनन् । शरीर थकित देखिन्थ्यो । नेपालगन्जकी उनी रुँदै एउटै वाक्य दोहोर्‍याइरहेकी थिइन्, ‘मलाई चाँडै घर पठाइदिनुस् ।’

तीन महिनाअघि कुवेत पुगेकी उनी मालिकको अमानवीय व्यवहार र एजेन्टको यातना सहन नसकेर फर्किएकी हुन् । दूतावासमा ‘अस्थायी सेल्टर’ नभएका कारण उनलाई दिल्ली महिला आयोग र केआई नेपालका प्रतिनिधिको जिम्मा लगाइएको छ ।

‘खान पनि दिएनन्, मलाई निकै पिटे,’ उनी सुनाइरहेकी थिइन् । रीताले बेहोरेको यातना र पीडाको कथा करिब तीन महिनाअघि प्रारम्भ हुन्छ । गाउँकै शीला दिदीले राम्रो कमाइ हुन्छ भनेपछि उनैको खर्चमा पासपोर्ट बनाएर गाउँकै एजेन्टसँग रुपैडिहा नाका हुँदै दिल्ली पुगिन् । दिल्लीमा एउटा घरमा राखियो । उनीसँगै अरू चार नेपाली महिला पनि थिए । ‘उहाँहरू कहाँ जानुभयो, मलाई थाहा भएन,’ उनले बताइन् । एक साता दिल्ली बसेपछि शारजहाँको रुट हुँदै उनलाई कुवेत उडाइयो । कुवेत पुगेको केही दिनमै उनको नारकीय जीवन सुरु भयो, आजको कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?