कोरोनामुक्त भएसँगै कांग्रेस महामन्त्री खड्का अस्पतालबाट डिस्चार्ज

लोकपथ
416
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का कोरोना संक्रमणमुक्त भएसँगै अस्पतालबाट डिस्चार्ज भएका छन् ।

महामन्त्री खड्का गत असोज १२ गते कोरोना संक्रमण पुष्टि भई सशस्त्र प्रहरी बल अस्पताल बलम्बु अस्पतालमा उपचाररत थिए । पटक-पटक कोरोना पोजेटिभ देखिएको र पछिल्लो रिपोर्ट नेगेटिभ आएसँगै सोमबार डिस्चार्ज भएका हुन् ।

अस्पताल बसाइको क्रममा अस्पतालका प्रमुख, चिकित्सकहरु ,स्वास्थ्यकर्मीहरु, सहयोगीकर्मीबाट सहयोग प्राप्त भएको भन्दै धन्यवाद समेत व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?