घरमै चंगा कसरी बनाउने ? (भिडियोसहित)

काठमाडौँ- जब दशैँ नजिकिन्छ अनि नेपाली आकाशमा चंगा उड्न थाल्छ । जब चंगा उडेको दृश्य देखिन्छ तब दशैँको आभास हुन्छ ।

इन्द्र देउतालाई वर्षाको सूचना दिनका लागि चंगा उडाइने गरेको जनश्रुंती पाइन्छ । बाली रोप्न पुगेपछि भगवान इन्द्रलाई ‘अब पानी पुग्यो है’ भनेर सूचना दिनका लागि चंगा उडाउने गरेको जनश्रुंती छ ।

पछिल्लो समय चंगा उडाउने चलन घट्दै गएको देखिन्छ । चंगा उडाउनका लागि मात्रै नभएर विभिन्न पसल, कोठा, कार्यालयहरु सजाउनका लागि पनि प्रयोग हुन थालेको छ।

यद्यपि बजारमा छिमेकी मुलुकमा आयात गरिएकादेखि नेपालमै बनाइएका रंगीचंगी चंगाहरुमा जताततै देखिन्छन् । अहिले चंगा उडाउनका लागि आवश्यक चंगा, धागो, लट्टाई विदेशबाट अयात हुने गरेपनि विगतमा नेपालमै यी सामग्रीहरु बन्थे । अहिले पनि कतिपयले नेपालमै यी सामग्रीहरु बनाउने गरेका छन् ।

यस्तै विगत तीन दशकदेखि नेपाली कागजको चंगा बनाउदै आएका दीपेन्द्रकुमार रञ्जितकारसँग घरमै चंगा कसरी बनाउन सकिन्छ त भन्ने विषयमा कुराकानी गरेका छौं।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो सामग्री।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?