काठमाडौं । नेपालमा पछिल्लो समय कोरोनाको संक्रमणदर घटेसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ । हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय ४७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १२ हजार १ सय ९५ जनाको कोरोना परीक्षण गर्दा ६६३ जनाको पीसीआर र १२२ जनाको एन्टीजेन पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ११ हजार २ सय ४३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय ८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७६ हजार ८ सय ३१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया