चाडपर्वमा नियन्त्रित भएर कसरी खानपिन गर्ने (भिडियो सहित) 

लोकपथ
91
Shares
चाडपर्व त्यसमा पनि दसैँ तिहारको अवसरमा नेपालीको खानपिन अरू समयको भन्दा बेग्लै र धेरै हुने गर्छ । त्यसैले यो दसैँमा धेरैलाई विभिन्न किसिमको परिकार पकाएर खाऊँ भन्ने भइरहेको छ होला ?
चाडपर्वको अवसरमा घरमै खाना धेरै पकाएर खाइन्छ नै, अझ जमघटको अवसरमा झनै बढी खाने चलन रहेको छ । चाडपर्वको अवसरमा बढी खानेकुरा खाइने हुनाले कतिपयलाई विभिन्न किसिमका स्वास्थ्य समस्याहरू पनि देखा पर्ने गर्छ । यो कुरालाई धेरैले नकार्दै चाडपर्वमा बढी खानेकुरा खाइरहेकै हुन्छन् ।
डाइटिसियन अनुश्री आचार्यको भनाइ अनुसार चाडपर्वको अवसरमा सबैले अरू समय भन्दा बढी खानेकुरा सेवन गर्छन् । जसको कारण केही स्वास्थ्य समस्याहरू तत्काल देखिन्छ भने केही स्वास्थ्य समस्या पछि देखिने खालका पनि हुन्छन् । अझ कुनै स्वास्थ्य समस्या भएका व्यक्तिहरूले चाडपर्वको अवसरमा सजग भएर खानेकुरा खानु नै राम्रो हो । दसैँ जस्तो महान् चाडमा नखानु भन्न त सकिन्न तर व्यवस्थित किसिमले खान भने सकिन्छ । अझ कुनै रोग विशेषका बिमारीहरूले त डाइटिसियनको परामर्श अनुसार दसैँको खानपिन गर्नु सबैभन्दा राम्रो हुने बताउँछिन् ।
डाइटिसियन अनुश्री आचार्यले चाडपर्वको अवसरमा खानपिन कस्तो किसिमले गर्दा राम्रो हुन्छ भन्ने विषयमा दिनुभएको भिडियो टिप्स ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?