‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’

लोकपथ
3.6k
Shares

काठमाडौं । आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरुले अवरोध गरेका छन् । एमाले सांसदहरुले बैठकमा आज नयाँ नारा लगाएका छन् ।

पछिल्ला केही बैठकहरुमा एमाले सांसदहरुले सभामुखले पक्षपात गरेको र माधव नेपालहरुको संसदमा उपस्थिति भएको भन्दै नारा लगाउने गरेका थिए भने आज उनीहरुले ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ भन्ने नारा लगाएका छन् ।

रूपन्देहीको मोतीपुरमा सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो । ४ जनाको मृत्यु भएपछि एमाले सांसदहरुले गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन भन्ने नारा लगाएका हुन् ।

प्रतिनिधिसभाको अर्को बैठक कात्तिक ९ गते बस्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?