रेल्वे विधेयक फिर्ता लिने प्रस्ताव स्वीकृत, अर्को बैठक कात्तिक ९ गते बस्ने

लोकपथ
221
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक दुई हप्ताका लागि स्थगित भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक  कात्तिक ९ गते बस्ने जानकारी दिएका हुन् ।

आज सोमबार बसेको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको थियो ।

त्यस्तै, आजै प्रतिनिधिसभा बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रिय सभाबाट आएर प्रतिनिधिसभामा विचाराधीन रहेको रेल्वे विधेयक, २०६७ फिर्ता लिने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?