सन्दीप बने आईसीसी ‘प्लेयर अफ द मन्थ’

लोकपथ
455
Shares

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ द मन्थ बनेका छन् । सेप्टेम्बर महिनाका लागि सन्दीपले पुरुषतर्फको प्लेयर अफ द मन्थको अवार्ड हात पारेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा लामिछानेले बंगलादेशका नासुम अहमद र अमेरिकाका जसकरण मलहोत्रालाई पछि पारेका हुन् ।

सेप्टेम्बर महिनामा आईसीसी क्रिकेट विश्वकप लिग २ मा लामिछानेले ६ खेल खेल्दै १८ विकेट लिएका थिए । उनले उक्त पपुवा न्यूगिनीविरुद्ध ३५ रन खर्चेर ४ विकेट तथा ११ रन खर्चेर ६ विकेट हात पारेका थिए भने ओमानविरुद्ध १८ रन खर्चेर ४ विकेट लिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?